कम्तीमा २० जनालाई रोजगारी दिने उद्योगले ३ वर्षसम्म कर छुट पाउने

काठमाडौं । काठमाडौं महानगरपालिका भित्र कम्तीमा २० जनालाई प्रत्यक्ष रोजगारी दिने गरी दर्ता हुने नयाँ उद्योग/व्यवसायले ३ वर्षसम्म कर छुट पाउने भएका छन् ।

काठमाडौं महानगरका मेयर बालेन साहले शुक्रबार आगामी आव २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

उनले नयाँ दर्ता हुने व्यवसायीको हकमा यो नीति ल्याइएको उनले जानकारी दिए । उनका अनुसार महानगर भित्र कम्तीमा २० जनालाई रोजगारी दिने गरी दर्ता हुने नयाँ उद्योगले ३ वर्षसम्म व्यवसाय करमा शतप्रतिशत छुट पाउने छन् ।

यस्तै, महानगरबाट कार्यान्वयन हुने विकास निर्माणका काममा कम्तीमा ३० प्रतिशत जनशक्ति महानगरको श्रम बैंकबाट आपूर्ति गरिने उनले बताए ।

 

बजेटको लक्ष्य भेटाउन दैनिक १७ अर्ब राजस्व उठानुपर्ने, १९ अर्ब खर्च गर्नुपर्ने Read Previous

बजेटको लक्ष्य भेटाउन दैनिक १७ अर्ब राजस्व उठानुपर्ने, १९ अर्ब खर्च गर्नुपर्ने

एमसीसीकाे रातमाटे सबस्टेसनको ठेक्का भारतीय कम्पनीले पायो, लागत झण्डै ७ अर्ब Read Next

एमसीसीकाे रातमाटे सबस्टेसनको ठेक्का भारतीय कम्पनीले पायो, लागत झण्डै ७ अर्ब