असारमा ४ कम्पनीको ‘लकइन पिरियड’ सकिँदै, कुनको कति ?

काठमाडौं । असारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ४ कम्पनीको ‘लकइन पिरियड’ सकिने भएको छ ।

असार महिनामा हिमालयन रि इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था र जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयरको लकइन अवधि सकिने भएको हो ।

ती कम्पनीहरूले संस्थापक, सामूहिक लगानी कोष र आफ्ना कर्मचारीका लागि जारी गरेको सेयरको लकइन अवधि सकिने भएको हो ।

नेपाल धितोपत्र बोर्डले सूचीकृत कम्पनीको सेयरको लकइन सकिनु १ महिना अगावै सूचना जारी गरी जानकारी गराउनुपर्ने व्यवस्था गरेको छ । सोही अनुसार कम्पनीहरूले आफ्नो सेयरको लकइन पिरियड सकिने दिन सार्वजनिक गरेका छन् ।

हिमालयन रि इन्स्योरेन्सको कम्पनीको सामूहिक लगानी कोषहरूलाई जारी गरेको सेयरको लकइन असार १० गते सकिने भएको छ । कम्पनीको १५ लाख कित्ता सेयरको लकिङ पिरियड सकिने भएको हो ।

त्यस्तै, हिमालयन लाइफको असार ३१ गते लकइन पिरियड सकिने भएको छ । कम्पनीले संस्थापकलाई जारी गरेको १ करोड ५० लाख ५० हजार कित्ता र कर्मचारीको ३ लाख २२ हजार ५०० कित्ताको लकिङ सकिने भएको हो ।

त्यस्तै, मनकामना स्मार्ट लघुवित्तको असार २७ गते लकिङ सकिने भएको छ । कम्पनीले संस्थापकलाई जारी गरेको १० लाख ८ हजार ३५.४३ कित्ता र कर्मचारीको नाममा रहको ७ हजार ४२३.५३ कित्ता सेयरको लकिङ अवधि सकिने भएको हो ।

त्यसैगरी, जीवन विकास लघुवित्तको संस्थापकको ९० लाख ९५ करोड ७५२.५७ कित्ता र कर्मचारीको ६७ हजार ३७५.९५ कित्ता सेयरको लकिङ असार २२ गते सकिने भएको छ ।

सबै कम्पनीको सेयर लकइन पिरियड सकिएको भोलिपल्टदेखि दोस्रो बजारमा खरिदबिक्री गर्न पाइने छ ।

उद्योगमन्त्री भण्डारीका १०० दिन : स्टार्टअप उद्यम नीति र कानुन संशोधन मुख्य उपलब्धी Read Previous

उद्योगमन्त्री भण्डारीका १०० दिन : स्टार्टअप उद्यम नीति र कानुन संशोधन मुख्य उपलब्धी

असारमा १ दर्जन वाणिज्य बैंकले घटाए ब्याजदर, तीनले बढाए, कुनको कति ? Read Next

असारमा १ दर्जन वाणिज्य बैंकले घटाए ब्याजदर, तीनले बढाए, कुनको कति ?