काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले धुलिखेलको आगन्तुक रिसोर्टको विभिन्न सेवामा छुट पानउे भएका छन् ।
बैंक र रिसोर्ट बीच ग्राहकलाई विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु बैंकका तर्फबाट बजार व्यवस्थापक दिना चित्रकार, बजार अधिकृत पुरण न्यौपाने र आगन्तुक रिसोर्टको तर्फबाट लेखा नियन्त्रक सुवोध भण्डारी, व्यवस्थापक सुवास कार्कीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी, ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा रिसोर्टमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ ।
बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।