नेपालको पहिलो वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स सम्पन्न

काठमाडौं । नेपालले विश्व वातावरण दिवसको अवसरमा नेपालमा पहिलो पटक वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स (डब्ल्यूएमसीसी) सम्पन्न भएको छ ।

नेपाल उद्योग परिसंघ, द कोका–कोला फाउन्डेसन, राष्ट्रिय मानव अधिकार आयोग, खालि सिसी, वुमन फर ह्युमन राइट्स र कन्फेडेरेसन अफ नेपालिज इन्डस्ट्रिज योङ अन्ट्रप्रन्योर्स फोरमको संयुक्त आयोजनामा उक्त सम्मेलन काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको हो ।

उक्त कार्यक्रमको उद्घाटन राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले वृक्षारोपण गरी गरेका थिए । सम्मेलनमा फोहोर व्यवस्थापन, जलवायु परिवर्तन र वातावरणीय स्थायित्व सम्बन्धी महत्वपूर्ण मुद्दाहरूको समाधानको लागि सरकारी कर्मचारीहरू, उद्योग व्यवसायीहरु, वातावरणविद् र नागरिक अगुवाहरूको सहभागिता थियो ।

कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट कार्लोस पागोआगाले सम्मेलन वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा रहेको बताए ।

‘वेस्ट म्यानेज्मेन्ट एण्ड क्लाइमेट कन्फरेन्स नेपालको लागि एक कोशेढुङ्गा हो । यस सम्मेलनले हामीले सामना गर्नुपरेको वातावरणीय चुनौतीहरूको दिगो समाधानहरू खोज्ने द कोका–कोला फाउन्डेसनको साझा प्रतिबद्धतालाई उजागर गरेको छ,’ उनले भने ।

सम्मेलनमा भएको मेयर फोरममा फोहोरको प्रभावकारी व्यवस्थापन रणनीतिका बारेमा स्थानीय सरकारी अधिकारी र उद्योगीहरु बीच संवाद गरिएको थियो । यस सम्मेलनले सर्कुलर अर्थव्यवस्थालाई प्रवर्धन गर्न फोहोरलाई उपयोगी स्रोतहरूमा परिणत गर्ने उपायहरुको बारेमा छलफल गरिएको थियो । उक्त छलफलमा कार्बन उत्सर्जन, प्लास्टिक प्रदूषण, काठमाडौंको वायु प्रदूषण, सगरमाथा लगायत हिमालहरुमा देखा परेको जलवायु परिवर्तनको असर जस्ता विषयमा छलफल भएको थियो । साथै जिआइजेटले सम्मेलनमा प्रस्तुति दिँदै फोहोर व्यवस्थापनका नौला विचारहरू र पेरिस सम्झौतामा नेपालको प्रतिबद्धतालाई उजागर गरेको थियो ।

यस्तै, प्रतिनिधि सभा सदस्य सोबिता गौतम, तोसिमा कार्की र उदय राणाले वातावरणीय चुनौतिहरूको सामना गर्न साझा प्रयासको महत्वपूर्ण आवश्यकतालाई जोड दिएका थिए ।

नेपालमा फोहोर व्यवस्थापन र जलवायु सम्बन्धी कार्यलाई अगाडि बढाउने व्यापक चासो र प्रतिबद्धतालाई उजागर गर्न ३३ जिल्ला र ५ देशका गरी ६०० संस्थाका करिब १,००० प्रतिनिधिहरू उक्त सम्मेलनमा सहभागी थिए ।

उक्त सम्मेलन विभिन्न सरोकारवालाबाट ठोस प्रतिबद्धताहरु सहित समापन भएको थियो । साथमा भविष्यका लागि एक स्पष्ट रोडम्याप सेट भएको आयोजकहरुले बताए । सम्मेलनमा प्रस्तुत भएका सहयोग र नवीन विचारहरूले फोहोर व्यवस्थापन र वातावरणीय नीतिहरूमा उल्लेखनीय सुधारको लागि आधार पनि तयार पारेको छ ।

उपत्यकाका ४ ठाउँमा लाइसेन्सको ट्रायल खुल्यो Read Previous

उपत्यकाका ४ ठाउँमा लाइसेन्सको ट्रायल खुल्यो

बेनी-जोमसोम-कोरला सडक संचालनमा पहिरोको चुनौती, १४ स्थानमा ठूला पहिरो Read Next

बेनी-जोमसोम-कोरला सडक संचालनमा पहिरोको चुनौती, १४ स्थानमा ठूला पहिरो