नेप्सेमा करेक्सन, कारोबार भने ५ महिना यताकै धेरै

काठमाडौं । सेयर बजारमा करेक्सन आएको छ । अघिल्लो ३ कारोबार दिनमा लगातार ४९ अंकले बढेको नेप्सेमा आज सामान्य करेक्सन आएको हो ।

बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घटेर २११२.२९ बिन्दुमा आइपुगेको छ । सूचकमा गिरावट आए पनि कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५५ करोड रुपैयाँ बढेर ६ अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । यो ५ महिना यताकै धेरै हो ।

आज ३१३ कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७१२ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूह मध्ये फाइनान्स र विकास बैंक उपसमूह बाहेक अरु सबैको परिसूचक राताम्मे भएको छ । फाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशतले बढेको छ भने उत्पादनमूलक १.०३ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २८ करोड ४७ लाख रुपैयाँ बराबरको ४ लाख ७० हजार ९५२ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ९३ कम्पनीको सेयर मूल्य बढेको छ भने १४८ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज ३ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । समृद्धि फाइनान्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र साधना लघुवित्तको सेयर मूल्य १० प्रतिशत बढेको छ ।

आज मिड सोलु हाइड्रोपावरका सेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

खिम्ती-२ को सेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने Read Previous

खिम्ती-२ को सेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आयो Read Next

बन्दीपुर केबलकार व्यावसायिक रूपमा सञ्चालनमा आयो