खिम्ती-२ को सेयर व्यवस्थापन नागरिक लगानी कोषले गर्ने

काठमाडौं । ‘पिपुल्स इनर्जी लिमिटेड’ले निर्माण गरिरहेको खिम्ती-२ जलविद्युत् आयोजनाको शेयर प्रत्याभूति व्यवस्थापन कार्य गर्न नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको छ ।

पिपुल्सले सर्वसाधारणका लागि जारी गर्न लागेको धितोपत्रको सार्वजनिक निष्काशनका कोषलाई प्रत्याभूतिकर्ता नियुक्त गरेको हो ।

यससम्बन्धी सम्झौतापत्रमा आज कोषका तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पिपुल्स इनर्जी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले हस्ताक्षर गरे ।

पिपुल्स इनर्जीले रामेछापको खिम्ती खोलामा निर्माण गरिरहेको ४८.८ मेगावाटको खिम्ती-२ जलविद्युत् आयोजनाको जारी पूँजी रु ३ अर्ब ३० करोडमध्ये २० प्रतिशतले हुन आउने ६६ लाख कित्ता साधारण सेयर जारी गर्न लागिएको हो ।

साधारण सेयर सर्वसाधारण, आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सामूहिक लगानी कोषका लगानीकर्ता र कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । प्रतिकित्ता रु १०० अङ्कित दरले उक्त सेयरको मूल्य रु ६६ करोड छ ।

निजी क्षेत्रको लगानीमा निर्माणाधीन उक्त आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भइसकेको पिपुल्स इनर्जीका कार्यकारी अध्यक्ष कृष्णप्रसाद आचार्यले जानकारी दिए । आयोजनाको ८.३५ किलोमिटर लामो सुरुङ निर्माणको काम अन्तिम चरणमा पुगेको तथा हेडवक्र्स र इलेक्ट्रोमेकानिकलको काम बाँकी रहेको उनले बताउ ।

पिपुल्सका कम्पनी सचिव जनार्दन अर्यालले आगामी एक वर्षभित्र आयोजनाको काम सकेर विद्युत् उत्पादन सुरु गर्ने तयारी भइरहेको बताउ ।

आयोजनामा सानीमा बैंकको नेतृत्वमा विभिन्न ८ वाणिज्य बैंकले ऋण लगानी गरेका छन् । आयोजनाबाट वार्षिक करिब २६ करोड युनिट विद्युत् उत्पादन हुनेछ ।

आयोजनाको वार्षिक कूल अनुमानित आम्दानी पहिलो वर्ष रु १ अर्ब ४० करोड र वार्षिक तीन प्रतिशतका दरले ८ पटकसम्म वृद्धि हुँदा नवौँ वर्षमा रु १ अर्ब ७४ करोड पुग्ने अनुमान कम्पनीको छ ।

नेपालबाट सवा ३ अर्ब बढीको हस्तकला विदेश निर्यात Read Previous

नेपालबाट सवा ३ अर्ब बढीको हस्तकला विदेश निर्यात

नेप्सेमा करेक्सन, कारोबार भने ५ महिना यताकै धेरै Read Next

नेप्सेमा करेक्सन, कारोबार भने ५ महिना यताकै धेरै