असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ ।

बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।

नवीकरणका लागि आ–आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ ।

बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार सोमबारसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार ७८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार ८४० जनाले नवीकरण गराएका छन् ।

सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताइन् । उनले भनिन्, ‘नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।’

मूल्य वृद्धि सरकारको नियन्त्रणमा, हिमालमाभन्दा पहाडमा धेरै महँगी Read Previous

मूल्य वृद्धि सरकारको नियन्त्रणमा, हिमालमाभन्दा पहाडमा धेरै महँगी

राष्ट्रपति रामचन्द्र पौडेल आज जेनेभा जाँदै Read Next

राष्ट्रपति रामचन्द्र पौडेल आज जेनेभा जाँदै