काठमाडौं । कुमारी बैंकको साढे ४५ लाख कित्ता संस्थापक (प्रमोटर) सेयर बिक्रीमा आएको छ । बैंकले आजदेखि ४५ लाख ५७ हजार ९१२ कित्ता संस्थापक सेयर लिलामीमा ल्याएको हो ।
उक्त सेयरमा बैंकका विद्यमान संस्थापक सेयरधनी, इच्छुक संस्था वा व्यक्ति जो कोहीले पनि दिन सक्नेछन्। लगानीकर्ताले आफूले लिन चाहेको सेयर संख्या र मूल्य स्पष्ट खुलाई गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ लाख कित्ताका लागि आवेदन दिनुपर्नेछ । यस्तै, सेयरको भाउ न्यूनतम १०० रुपैयाँभन्दा घटाउन पाइने छैन् ।
बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले असार ३ गतेभित्र कुमारी क्यापिटल नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।