काठमाडौं । सुनको मूल्यमा भारी गिरावट आएको छ । शुक्रबार इतिहासकै महँगोको रेकर्ड बनाएको सुनको मूल्यमा आज तोलामै ४ हजार रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार रुपैयाँले घटेर १ लाख ४१ हजार रुपैयाँमा झरेको छ ।
यस्तै, आज तेजावी सुनको मूल्य पनि ४ हजारले घटेर १ लाख ४० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेसँगै नेपाली बजारमा पनि गिरावट आएको हो । आइतबार विश्व बजारमा सुनको भाउ प्रतिऔंस २३.९३ डलरमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँ घटेर प्रतितोला १ हजार ८२५ रुपैयाँमा झरेको छ ।