नेप्सेमा सामान्य गिरावट, लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । मंगलबार करिब ४ अंकले बढेको नेप्से आज साढे ५ अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ बिन्दुमा आइपुगेको छ । सूचकसँगै आज कारोबार रकममा पनि झिनो गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ९ करोड घटेर आज ३ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ ।

बुधबार ३०६ कम्पनीको ८० लाख ४२ हजार ७६७ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ४ को परिसूचक बढेको छ भने ८ को घटेको छ । आज म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ । साथै, लघुवित्तहरुको सेयरमा पनि आकर्षण देखिएको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनीको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ३ लाख रुपैयाँको ३ लाख १५ हजार २५१ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १५८ कम्पनीको घटेको छ ।

आज भगवती हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
अपर लोहोरे खोलाका सेयरधनीले भने सर्वाधिक ५.५१ प्रतिशत गुमाएका छन् ।

जेठ भित्र ऋण तिरे एनआइसी एशियाले ब्याज र जरिवानामा छुट दिने Read Previous

जेठ भित्र ऋण तिरे एनआइसी एशियाले ब्याज र जरिवानामा छुट दिने

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा, शनिबार नयाँ प्रधानमन्त्रीको टुंगो Read Next

भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा, शनिबार नयाँ प्रधानमन्त्रीको टुंगो