भारतीय प्रधानमन्त्री मोदीले दिए राजीनामा, शनिबार नयाँ प्रधानमन्त्रीको टुंगो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् । उनले बुधबार दिउँसो राष्ट्रपति द्रौपडी मुर्मु समक्ष प्रधानमन्त्री मोदीले राजीनामा बुझाएका हुन् ।

भारतीय संचार माध्यमहरुका अनुसार मोदी आफैं राष्ट्रपति भवन पुगेर राजीनामा बुझाएका हुन्। राष्ट्रपति मुर्मुले प्रधानमन्त्री मोदीले दिएको राजीनामा स्वीकृत गरिसकेकी छन्।

भारतमा लोकसभाको निर्वाचन परिणाम आएसँगै शनिबार (जुन ८ तारिख) नयाँ सरकार गठन हुनेछ । सोबेलासम्म मोदी कामचलाउन प्रधानमन्त्री रहनेछन् ।

निर्वाचनमा मोदीको भारतीय जनता पाटीले ठूलो धक्का व्यहोरेको छ । यसअघि लगातार दुई निर्वाचनमा स्पष्ट बहुमत ल्याएर एकल सरकार बनाएको भाजपाले यसपाली एक्लै सरकार बनाउन नसक्ने भएको छ ।

५४३ सदस्यीय लोकसभामा सरकार बनाउन २७२ सिट चाहिन्छ । भाजपाले २४० सिट मात्रै जितेको छ । यद्यपि, उनको एनडीए गठबन्धनले २९३ सिट जितेको छ । यो सरकार बनाउन पर्याप्त संख्या हो ।

विपक्षी इन्डिया गठबन्धनले यसपालि २३४ सिट जितेको छ । जसमा कांग्रेस एक्लैले ९९ सिट ल्याएको छ। यस्तै, क्षेत्रीय दलहरू समाजवादी पार्टीले ३७, अल इन्डिया तृणमूल कंग्रेसले २९, डीएमकेले २२, टीडीपीले १६, जेडीयूले १२, शिव सेनाले ७, लोक जनकशक्ति पार्टी, आरजेडी र सीपीआईएले ४/४ सिट, आम आदमी पार्टीले ३, झारखण्ड मुक्ति मोर्चाले ३ सिट जितेका छन् भने बाँकी सिटमा अन्य दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

नेप्सेमा सामान्य गिरावट, लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता Read Previous

नेप्सेमा सामान्य गिरावट, लघुवित्तको सेयरमा झुम्मिए लगानीकर्ता

बजेट माथि गगन थापाका प्रश्नैप्रश्न, स्वार्थ समूहलाई लाभ पुर्याउन करका दर हेरफेर गरेको आरोप Read Next

बजेट माथि गगन थापाका प्रश्नैप्रश्न, स्वार्थ समूहलाई लाभ पुर्याउन करका दर हेरफेर गरेको आरोप