नेप्सेमा झिनो अंकको करेक्सन, ११० कम्पनीको भने मूल्य बढ्यो

काठमाडौं । सेयर बजारमा गिरावट आएको छ । आइतबार १३ अंकले बढेको नेप्से आज झण्डै ४ अंकले घटेको हो ।

सोमबार नेप्से परिसूचक ३.९७ अंकले घटेर २०७९.०७ बिन्दुमा आइपुगेको छ । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा करोबार रकम ३१ करोड घटेर आज ४ अर्ब रुपैयाँमा सीमित भएको छ ।

सोमबार ३१६ कम्पनीको ८८ लाख २० हजार १२५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये माइक्रोफाइनान्स बाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ ।

माइक्रोफाइनान्स उपसमूहको परिसूचक सर्वाधिक २.४३ प्रतिशतले बढेको छ भने उत्पादनमूलक उपसमूह १.०५ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८५ लाख रुपैयाँको २ लाख ५२ हजार ८३८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ११० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १२९ कम्पनीको घटेको छ ।

घट्दो बजारमा आज एनआइबीएल स्टेबल फण्डका लगानीकर्ताले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् भने बुद्धभूमि नेपाल हाइड्रोपावरका सेयरधनीले ९.६६ प्रतिशत कमाएका छन् ।

सन् २०२४ मा एयरलाइन्स कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने, ४ हजार खर्ब कमाउने Read Previous

सन् २०२४ मा एयरलाइन्स कम्पनीको आम्दानीमा उच्च वृद्धि हुने, ४ हजार खर्ब कमाउने

नेप्सेमा डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङको बोनस सेयर सूचीकृत Read Next

नेप्सेमा डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङको बोनस सेयर सूचीकृत