नेप्सेमा डिप्रोक्स लघुवित्त र साल्ट ट्रेडिङको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा सोमबार डिप्रोक्स लघुवित्त वित्तीय संस्था र साल्ट ट्रेडिङ कर्पोरेसनले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गरेको लाभांश सूचीकृत भएको हो ।

नेप्सेमा डिप्रोक्सको १० प्रतिशत (१५ लाख ५१ हजार ८८.१६ कित्ता) र साल्ट ट्रेडिङको १५ प्रतिशत (४ लाख १८ हजार ३२६.४६ कित्ता) बोनस सेयर सूचीकृत भएको छ ।

दुवै कम्पनीको सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

नेप्सेमा झिनो अंकको करेक्सन, ११० कम्पनीको भने मूल्य बढ्यो Read Previous

नेप्सेमा झिनो अंकको करेक्सन, ११० कम्पनीको भने मूल्य बढ्यो

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली Read Next

रेल्वेले मुआब्जा नदिएपछि बर्दिबासका १४ परिवारको बिचल्ली