प्रभु बैंकका ग्राहकले न्यू होटल पिस प्यालेस र होटल दी राजनमा छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकले बागलुङस्थित न्यू होटल पिस प्यालेस र होटल दी राजनले विभिन्न सेवामा विशेष छुट पाउने भएका छन् ।

दुवै होटल र बैंक बीच विशेष छुट सम्बन्धी सम्झौता भएको हो । सम्झौतामापत्रमा न्यू होटल पिस प्यालेसका सञ्चालक निलेश राजभण्डारी, होटल दी राजनका सञ्चालक एन्जिल शाक्य र प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु राना मगरले हस्ताक्षर गरे ।

सम्झौता अनुसार प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरूले बैंकसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

प्रभु बैंक हालै ‘बैंक अफ द इयर २०२३’ र फिनाकल इन्फोसिस इनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

लक्ष्मी सनराइज बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण Read Previous

लक्ष्मी सनराइज बैंकको नेपालगञ्ज शाखा स्थानान्तरण

कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आयो, बाँकी काम अर्को वर्ष गरिने Read Next

कान्ति लोकपथ पूर्णरूपमा सञ्चालनमा आयो, बाँकी काम अर्को वर्ष गरिने