नेप्सेमा दोहोरो अंकको कमब्याक, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत साता झण्डै ६२ अंकले घटेको नेप्से यस साता पहिलो दिनमै दोहोरो अंकले बढेको हो ।

आइतबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २०८३.०४ बिन्दुमा पुगेको छ । आज ३२५ कम्पनीको ४ अर्ब ३१ करोड रुपैयाँ बराबरको ९६ लाख ९७ हजार २०६ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेकोे छ भने ३ उपसमूहको परिसूचक घटेको छ ।

व्यापार उपसमूहको परिसूचक सर्वाधिक ६.५६ प्रतिशतले बढेको छ भने उत्पादनमूलक उपसमूह २.४० प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको २२ करोड ६४ लाख रुपैयाँको ३ लाख ८२ हजार ३५ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये १७४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने ६१ कम्पनीको घटेको छ ।

बढ्दो बजारमा दुई कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । मल्टिपर्पस फाइनान्स र मकर जितुमाया सुरी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

नारायणी विकास बैंकका सेयरधनीले सर्वाधिक ९.१३ प्रतिशत गुमाएका छन् ।

 

बजेटले कङ्क्रिट दिशा पत्ता लगाउन सकेको छैन : पूर्वअर्थमन्त्री महत Read Previous

बजेटले कङ्क्रिट दिशा पत्ता लगाउन सकेको छैन : पूर्वअर्थमन्त्री महत

केन्द्र सरकारबाट कर्णाली प्रदेश र पोखरा महानगरले पाए धेरै बजेट, कुनले कति ? (सूचीसहित) Read Next

केन्द्र सरकारबाट कर्णाली प्रदेश र पोखरा महानगरले पाए धेरै बजेट, कुनले कति ? (सूचीसहित)