पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी

काठमाडौं । पर्यटक आवगमनमा उत्साह कायमै रहेको छ । सन् २०२४ को पहिलो ५ महिनामा औसतमा १ लाख बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि मेसम्म ५ लाख ६ हजार २८० पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार मे २०२४ मा मात्र ९० हजार २११ पर्यटक नेपाल आएका छन् । यस महिना सबैभन्दा धेरै ३८ हजार २८८ भारतीय पर्यटक आएका छन् ।

त्यसैगरी, ८ हजार ५२७ अमेरिकी, ८ हजार ३८१ चिनियाँ, ३ हजार ४५८ बंगलादेश, २ हजार ८०२ वेलायत, २ हजार १९४ अस्ट्रेलिया, १ करोड ८१४ मलेसिया, १ हजार ४३७ रुस, १ हजार ३९२ जर्मनी र १ हजार २७३ पर्यटक दक्षिण कोरियाबाट आएका छन् ।

सन् २०२४ मा मार्चमा सबैभन्दा धेरै १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका थिए । त्यस्तै, जनवरीमा ७९ हजार १००, फेब्रुअरीमा ९७ हजार ४२६ र अप्रिलमा १ लाख ११ हजार ३७६ जना पर्यटक भित्रिएका थिए ।

सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ मा वार्षिक १६ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सांसद खतिवडाको माग Read Previous

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सांसद खतिवडाको माग

सम्पर्कमा नआउने काठमाडौंका सहकारी खारेजी गर्न सुझाव Read Next

सम्पर्कमा नआउने काठमाडौंका सहकारी खारेजी गर्न सुझाव