ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा नखटाउन सांसद खतिवडाको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ट्राफिक नियम उल्लङ्घन गर्नेलाई स्वयंसेवकका रुपमा सडकमा खटाइनु कानुन र विधिसम्मत नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले कानुनी राज्यलाई पहिलो प्राथमिकता राखेर विधिको शासनभित्र रही काम गर्नुपर्ने बताएका हुन् ।

ट्राफिक नियम उल्लङ्घन गर्नेलाई सडकमा स्वयंसेवकका रुपमा नखटाउन सभामुखमार्फत रुलिङ गर्न पनि सांसद खतिवडाले माग गरे ।

महिनावारी भएको समयमा महिला प्रहरीलाई बिदा दिने विषय सकारात्मक भए पनि कानुन बनाएर मात्र कार्यान्वयन गरिनुपर्नेमा उनले जोड दिए ।

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार्न उच्च क्षमताको प्रसारण लाइन बनाइँदै Read Previous

वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार्न उच्च क्षमताको प्रसारण लाइन बनाइँदै

पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी Read Next

पर्यटक आवगमनमा उत्साह कायमै, मेमा आए ९० हजार विदेशी