काठमाडौं । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर (सीबी) लामा पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई चितवनबाट पक्राउ गरेकाे हाे ।
उनी लामो समयदेखि प्रहरीको फरार सूचीमा थिए । उनलाई कान्तिपुर र पशुपति सहकारीबाट बचतकर्ताको ८ अर्ब रुपैयाँ बढी रकम अपचलन गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
लामाले कान्तिपुर सहकारीको ६ अर्ब रुपैयाँ र पशुपतिको २ अर्ब रुपैयाँ रकम अपचलन गरेको आरोप छ ।
सरकारले यी दुवै सहकारीलाई समस्याग्रस्त घोषणा गरिसकेको छ । कान्तिपुर गत फागुन ३ गते र पशुपति गत साउन १ गते समस्याग्रस्त घोषणा गरिएको थियो ।