काठमाडौं । नेपालको सर्वाधिक लोकप्रिय रम ब्रान्ड खुकुरीले रम–प्रब्रद्धनार्थ कार्यक्रमका लागि ‘ग्लोबल रम एम्बेसेडर’ इयान बरेलसँग पहिलोपटक सहकार्य गरेको छ ।
बेलायती मूलका इयान बरेल, विश्व रम उद्योगमा विशेषज्ञता सहित, ३ दशकभन्दा बढी अनुभवका साथ विश्वभर रमसम्बन्धी विभिन्न कार्यक्रममा सक्रीय सहभागिता जनाउने सर्वसम्मानित ‘भ्मगत्बष्लभच’ हुन् ।
आगामी ३ र ४ जुन २०२४ मा आयोजना हुने यो कार्यक्रमले ग्लोबल रम एम्बेसडरमार्फत नेपाली रम उद्योगकै सर्वप्रिय रोजाई खुकरी रम र यसको विशुद्ध नेपाली स्वाद प्रस्तुत गर्दै विश्वसामु नेपाली उत्पादन र शिल्प प्रवर्द्धन गर्नेछ ।
इयान बरेलले आफ्नो मिक्सोलोजि, रम उत्पादन, रम उद्योगका पछिल्ला प्रवृत्तिहरूमा आफ्नो अनुभवबाट ज्ञानबर्द्धक कुराहरू मास्टरक्लास मार्फत प्रस्तुत गर्नेछन् । साथै प्रशिक्षात्मक कार्यक्रममा सहभागी हुनेहरूले रम टेस्टिङ (चखाई), नेटवर्किङ आदिको अनुभव लिन सक्नेछन् । यो कार्यक्रम, नेपाली रम पारखी तथा विशेषतः बारटेन्डरहरूलाई अन्तर्राष्ट्रिय उद्योगको बारेमा जानकारी लिने, सीप अभिवृद्धि गर्ने र नेटवर्क बनाउने सही अवसर हो ।
खुकुरी रमको उत्पादक ‘द नेपाल डिस्टिलरिज प्रालिका महाप्रबन्धक सुभाष लामिछानेले ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरे ।
‘हामी नेपालमै यस किसिमको पहिलो कार्यक्रमको लागि ग्लोबल रम एम्बेसेडर इयान बरेलसँग सहकार्य गर्न पाउँदा खुसी छौँ । यस कार्यक्रमको माध्यमबाट अनुभवी विश्वव्यापी व्यक्तित्वको उपस्थितिमा नेपाली रम पारखीहरूको ज्ञानको दायरालाई अझ फराकिलो बनाउने मौका प्रदान गर्नेछौँ,’ उनले भने, ‘साथै यस किसिमको कार्यक्रमबाट नेपाली बारटेन्डर तथा रम पारखीहरूको सीपमा विश्वस्तरको निपुणता हासिल गर्न, ज्ञानलाई परिष्कृत गर्न र विश्वव्यापी रम समुदायमा फराकिलो व्यक्तिगत र व्यावसायिक नेटवर्क विस्तार गर्न सहयोग पुग्छ । हामी यसबाट अन्ततः पूरा नेपाली रम संस्कृतिको स्तरोन्नती गर्न चाहन्छौँ ।’
सन् १९५९ देखिको लामो विरासत बोकेको खुकुरी रम विश्वसनीय गुणस्तर, अतुलनीय स्वाद र उत्कृष्ट रम उत्पादन शिल्पको लागि नेपाल तथा विश्वका उपभोक्ता तथा रम पारखीहरू माझ प्रख्यात ब्रान्ड बनेको छ ।
कम्पनीले इयान बरेलसँगको यस सहकार्यबाट, खुकुरीले हरेक व्यक्तिलाई आफ्ना कथाहरू विश्वसामु साट्न र विश्वस्तरको ज्ञान प्राप्त गर्न प्रेरित गर्ने लक्ष्य राखेको उनले बताए ।