प्रभु बैंक इन्फोसिस फिनाकल इनोभेसनको गोल्ड अवार्डबाट सम्मानित

काठमाडौं । प्रभु बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२४ बाट सम्मानित भएको छ ।

बैंकले डिजिटल इन्जेजमेन्ट इनोभेसन विधाको गोल्ड अवार्ड पाएको हो । इन्फोसिस फिनाकल इनोभेसन अवार्ड बैंकिङ टेक्नोलोजी क्षेत्रको एक प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार हो ।

बैंकले डिजिटल इकोसिष्टमलाई अपग्रेड गर्दै ग्राहकको सुविधा र सुरक्षालाई ध्यान राखेर सेवा प्रदान गरेको आधारमा इन्फोसिस फिनाकल इनोभेसन अवार्ड प्राप्त गरेको हो ।

उक्त अवार्डका लागि १० विधामा २०० भन्दा बढी बैंक मनोनयनमा परेका थिए । प्रभु बैंक हालै ‘बैंक अफ दी इयर २०२३’ को उपाधिबाट सम्मानित भएको थियाे ।

बैंकले देशभरका ३०२ शाखा कार्यालयहरू, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ ।

फौजदारी मुद्दाका ३४ वटै कसुरमा डोनाल्ड ट्रम्प दोषी ठहर Read Previous

फौजदारी मुद्दाका ३४ वटै कसुरमा डोनाल्ड ट्रम्प दोषी ठहर

ठेक्का सम्झौता अनुसार काम नगर्ने थप १८ कम्पनी कालोसूचीमा Read Next

ठेक्का सम्झौता अनुसार काम नगर्ने थप १८ कम्पनी कालोसूचीमा