नेप्सेमा लगातार दोहोरो अंकको गिरावट, यी ४ कम्पनीको मूल्यमा भने पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा लगातार दोहोरो अंकको गिरावट आएको छ । बुधबार २३ अंकले घटेको नेप्से आज पनि झण्डै २० अंकले घटेको हो ।

सरकारले बजेट मार्फत सेयर बजारका समस्या समाधान र विकासका लागि ठोस कार्यक्रम ल्याउन नसकेपछि लगानीकर्ता निरास हुँदा नेप्सेमा लगातार दोहोरो अंकको गिरावट आएको हो ।

बिहीबार नेप्से परिसूचक १९.८९ अंकले घटेर २०६९.५३ बिन्दुमा आइपुगेको छ ।

आज ३११ कम्पनीको ४ अर्ब २१ करोड रुपैयाँ बराबरको ९८ लाख ६४ हजार ४८२ कित्ता सेयर किनबेच भएको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये १० उपसमूहको परिसूचक घटेकोे छ भने ३ उपसमूहको परिसूचक बढेको छ ।

उत्पादनमूलक उपसमूहको परिसूचक सर्वाधिक १.२३ प्रतिशतले बढेको छ भने होटल उपसमूह २.५३ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । यसको १९ करोड ४५ लाख रुपैयाँको ३ लाख ५८ हजार १२ खकित्ता सेयर किनबेच भएको छ ।

कारोबारमा आएका मध्ये ७० कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने १७३ कम्पनीको घटेको छ ।

घट्दो बजारमा पनि आज ४ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नेपाल फाइनान्स, अपर लोहोरे खोला हाइड्रोपावर, भगवती हाइड्रोपावर र मनकामना इन्जिनीयरिङको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

पोखरा फाइनान्सका सेयरधनीले सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

हवाई टिकटमा भ्याट लगाउँदा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुँदैन : नाट्टा Read Previous

हवाई टिकटमा भ्याट लगाउँदा १६ लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा हुँदैन : नाट्टा

काँकडभिट्टा-लौकही सडक स्तरोन्नति गरिँदै Read Next

काँकडभिट्टा-लौकही सडक स्तरोन्नति गरिँदै