६ सय जनाले गरे सगरमाथाको सफल आरोहण, पाँचजनाको मृत्यु

काठमाडौं । यस सिजनमा बुधबार बिहानसम्म ६०० जनाभन्दा बढीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।

पर्यटन विभागले बुधबार विज्ञप्ति जारी गर्दै आरोही सदस्य तथा क्लाईम्बिङ गाईड गरी यस सिजनमा ६०० जनाभन्दा बढीले सगरमाथाको सफल आरोहण गरेको प्रारम्भिक जानकारी प्राप्त भएको जनाएको हो ।

यस सिजनमा सगरमाथा आरोहणका क्रममा पाँचजनाको मृत्यु भएको र तीनजना अझै बेपत्ता रहेको विभागले बताएको छ । यस्तै, एक आरोहीको ल्होत्से आरोहणका क्रममा तेस्रो शिविरमा मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ ।

सगरमाथा आरोहणका क्रममा मृत्यु हुनेमा दुईजना मंगोलिया, एकजना केन्या, एकजना भारत र एकजना नेपालका नागरिक रहेका छन् । रोमानियाका एक आरोहीको ल्होत्से आरोहणका क्रममा मृत्यु भएको हो ।

सगरमाथा आरोहणका क्रममा बेपत्ता भएका तीनजनामा दुईजना नेपाली र एकजना बेलायती छन् ।

बजेटले बनाएन लगानीकर्तालाई उत्साहित, नेप्से पहिलो दिन्नै राताम्मै Read Previous

बजेटले बनाएन लगानीकर्तालाई उत्साहित, नेप्से पहिलो दिन्नै राताम्मै

सहकारीलाई बद्नाम बनाउने सहकारीको पैसा ठगेर खानेहरुनै हुन्ः ओली Read Next

सहकारीलाई बद्नाम बनाउने सहकारीको पैसा ठगेर खानेहरुनै हुन्ः ओली