काठमाडौं । साता कारोबारको तेस्रो कारोबार अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आगामी आर्थिक वर्ष २०८१.८२ को बजेटले पनि लगानीकर्ताहरुलाई निराश बनाएको प्रभाव शेयर बजारमा प्रस्ट देख्न सकिन्छ ।
बुधबार नेप्से परिसूचक २३.८१ अंकले घटेर २०८९ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटतापनि सोमबारको तुलनामा कारोबार रकम चाँही बढेको छ । आज फाइनान्स, होटल र उत्पादन उपसूचकमा मात्र सामान्य बृद्धि भएको छ । यी बाहेक सम्पूर्ण उपसूचकहरु राताम्मे बनेका छन् ।
आज तीन सय १४ वटा कम्पनीको १ करोड ७ लाख ३८ हजार कित्ता शेयर खरिद–बिक्री हुदाँ चार अर्ब ५७ करोड रुपैयाँको कारोबार भएको छ ।
आज कारोबारमा आएका ४ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार युनिलिभर नेपाल, कालिन्चोक दर्शन, अप्पर लोहोरे खोला हाइड्रोपावर र भगवती हाइड्रोपावरको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ ।