काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ल्याएको २०८१/०८२ को आर्थिक विधेयकमा पेट्रोल तथा डिजेल गाडीमा भ्याट छुट भन्ने विषय असावधानीवश सूचीमा परेको मन्त्रालयले बताएको छ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार प्रतिनिधिसभामा टेबल गरेको आर्थिक विधेयक तथा भन्सार महसुल विधेयकमा भ्याट छुट हुने सूचीमा पेट्रोलियम पदार्थबाट चल्ने सवारीको एसएस कोड समावेश गरिएको थियो ।
आर्थिक विधेयकमा मूल्य अभिवृद्धि कर छुट हुने वस्तुको विषषसूची समावेश गरिएको हुन्छ । उक्त सूचीमा भन्सार जाँचपास एचएस कोर्ड ८७०३ अन्तर्गतका शीर्षकहरू भ्याट नलाग्नेको सूचीमा समावेश गरिएको थियो । साथै, आर्थिक विधेयक २०८१ को भ्याट छुट लिष्टमा ८७०३ एचएस कोडअन्तर्गतका सबै उपशीर्षकहरू परेका छन् ।
तर यसमा आर्थिक विधेयक तयार पार्दा असावधानीवश गल्ती भएको अर्थ मन्त्रालयले जनाएको छ ।