‘अर्थ सचिव मेट्रेसमा सुत्नुभयो, राजश्व सचिव ४ बजे जानुभयो’

काठमाडौं । दोस्रोपल्ट अर्थमन्त्री बन्दा बजेट पेश गर्न पाएपछि अर्थमन्त्री वर्षमान पुनले ‘रिल्याक्स मुड’मा रहेको बताएका छन् ।

तयारीको सिलसिलामा धेरै हतार रहेको र राजनीतिक दबाबका बीच बजेट ल्याएको भन्दै पुनले आफू रिल्याक्स मुडमा रहेको बताए ।

‘राजनीतिक रुपमा संसदमा बजेट पेश हुन्छ कि हुँदैन भन्ने थियो,’ पुनले भने, ’अहिले रिल्याक्स मुडमा छौं ।’ मंगलबार बिहान ४ बजे सम्म मन्त्रालयमै रहेर बजेटको काम गरेको दाबी गर्दै उनले भने, ‘बिहान ४ बजेसम्म मन्त्रालयमै थिएँ । अर्थसचिव त म्याट्रेस लिएर आउनु भएको रहेछ, यतै सुत्नु भयो । राजस्व सचिव ४ बजे घर जानु भयो ।’

पुन यसअघि अर्थ मन्त्री बनेका बेला बजेट प्रस्तुत गर्न पाएका थिएनन् । यसपल्ट पनि बजेट पेश गर्न पाउने भन्नेमा संकोच थियो ।

धनियाँ बेचेर वार्षिक ८ लाख कमाउँछन् दाङका अमित चौधरी Read Previous

धनियाँ बेचेर वार्षिक ८ लाख कमाउँछन् दाङका अमित चौधरी

डिजेल तथा पेट्रोल गाडीमा भ्याट छुट असावधानीवश सूचीमा पर्‍यो Read Next

डिजेल तथा पेट्रोल गाडीमा भ्याट छुट असावधानीवश सूचीमा पर्‍यो