काठमाडौं । सरकारले बैंकहरूले विदेशबाट ऋण ल्याउँदा ब्याज भुक्तानीमा लाग्ने आयकरमा छुट दिने भएको छ ।
अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
वैदेशिक पूँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको ब्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको उनले बताए ।