गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड बजेट

सुनसरीको इँटहरी उपमहानगरपालिका १७ मा जीविका कृषि सहकारी संस्थाले संचालन गरेको गाई फाम ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले गाई र भैँसीको नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ बजेट विनियोजन गरेको बताएका छन् ।

आगामी आर्थिक वर्ष २०८१/८२ बजेट प्रस्तुत गर्दै पुनले स्वदेशमा दूधको उत्पादन क्षमता बढाउन गाई र भैँसीमा नस्ल सुधारका लागि ३८ करोड रूपैयाँ विनियोजन गरिएको बताए ।

कृषि उपजको धितोमा समेत सहज रूपमा कर्जा उपलब्ध गराइने अर्थमन्त्री पुनले बताए ।

प्रदेश स्थानीय तह र निजी क्षेत्र समेतको सहकार्यमा सबै प्रदेशमा गाई र भैँसी पालन स्रोत केन्द्र स्थापना गरिने उनले उल्लेख गरे ।

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने Read Previous

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

बजेटमा समावेश यातायात क्षेत्रका मुख्य १६ आयोजना, कुनलाई कति छ बजेट ? Read Next

बजेटमा समावेश यातायात क्षेत्रका मुख्य १६ आयोजना, कुनलाई कति छ बजेट ?