बजेटको आकार १ खर्ब ९ अर्ब रुपैयाँ बढ्यो, पूँजीगत खर्च साढे ३ खर्ब

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् ।

यो चालु आवको तुलनामा ६.२ प्रतिशतले धेरै हो । चालु आवका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट ल्याएको थियो ।

सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । त्यस्तै, पूँजीगत खर्च तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन गरेको छ ।

यस वर्ष सरकारले प्रदेश र स्थानीय तहमा ४ खर्ब ८ अर्ब २७ करोड रुपैयाँ हस्तान्तरण गर्ने भएको छ ।

स्रोततर्फ १२ खर्ब ६० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएको छ । त्यसैगरी, ३ खर्ब ३० अर्ब आन्तरिक ऋणबाट र २ खर्ब १७ अर्ब वैदेशिक ऋण लिइने छ ।

वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड प्राप्ति गरिने लक्ष्य राखिएको छ ।

 

५ लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने Read Previous

५ लाख परिवारलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने

अपाङ्गता भएकाहरूलाई स्कुटरमा भन्सार छुट Read Next

अपाङ्गता भएकाहरूलाई स्कुटरमा भन्सार छुट