आगामी आर्थिक वर्षको लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट विनियोजन

काठमाडौं । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ विनियोजन गरेको छ । कूल विनियोजनमध्ये सरकारले चालूतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरेको छ ।

यो कूल बजेटको ६१.३१ प्रतिशत हो । विनियोजन कूल बजेटमध्ये पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन गरेको छ । यो कूल बजेटको १८.९४ प्रतिशत छ ।

यस्तै वित्तीय व्यवस्थातर्फ ३ खर्ब ६७ अर्ब १८ करोड रुपैयाँ विनियोजन गरेको छ । यो १९.७४ प्रतिशत हो । यो खर्च अनुमान चालू वर्षको तुलनामा ६.२ प्रतिशतले बढी हो । र, संशोधित अनुमानको तुलनामा २१.५६ प्रतिशत बढी हो ।

फ्लाइओभर र सुरुङका लागि ५ अर्ब ६३ करोड, रेलमार्गका लागि ३ अर्ब ८८ करोड बजेट विनियोजन Read Previous

फ्लाइओभर र सुरुङका लागि ५ अर्ब ६३ करोड, रेलमार्गका लागि ३ अर्ब ८८ करोड बजेट विनियोजन

अब बैंक र सहकारीको धितो रोक्का फुकुवा अनलाइनबाटै हुने Read Next

अब बैंक र सहकारीको धितो रोक्का फुकुवा अनलाइनबाटै हुने