काठमाडौं । सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’का लागि १० करोड रूपैयाँ विनियोजन गरेको छ ।
आगामी वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त कार्यक्रम कार्यान्वयनका लागि बजेट छुट्याएका हुन् ।
सरकारले नीति तथा कार्यक्रममार्फत् प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम घोषणा गरेको थियो ।