काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग (रनवे)मा सानो खाल्डाे परेपछि उडान अवतरण बन्द गरिएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार धावनमार्गको कोटेश्वरपट्टीको साइडमा सानो खाल्डो परेपछि करिब १ घण्टाका लागि आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान बन्द गरिएको छ ।
अहिले खाल्डो पुर्ने काम भइरहेकाले ४५ मिनेटका लागि उडान अवतरण रोकिएको कार्यालयले जनाएको छ ।
विमानस्थलबाट उडान भर्ने जहाजलाई पखाईएको छ भने अवतरणका लागि आएका जहाजलाई होल्ड गर्न भनिएको छ ।