लगानी सहजीकरण सम्बन्धी अध्यादेश प्रतिनिधिसभामा पेस

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस भएको छ । सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उक्त अध्यादेश पेस गरे ।

सो क्रममा मन्त्री भण्डारीले नेपालमा लगानीको वातारण सहज बनाउन आयोजना गरिएको लगानी सम्मेलन-२०८१ का क्रममा नीतिगत सुधार तथा कानुन परिमार्जन गर्नका लागि लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश जारी गरिएको बताए ।

सो समयमा संसद् अधिवेशन चालु नभएकाले अध्यायदेश ल्याइएको उनले स्पष्ट पारे। प्रस्तुत विधेयकले स्टार्टअप उद्योग दर्ता, उद्योगको सञ्चालन म्याद थप, विदेशी लगानी प्रविधि हस्तान्तरण गर्ने विषयमा थप स्पष्टता, करारमा वस्तु उत्पादन गर्ने विषय र विशेष आर्थिक क्षेत्रका उद्योगले पाउने सहुलियतलाई वृद्धि गरेको मन्त्री भण्डारीले जानकारी दिए ।

नीति तथा कार्यक्रम माथि जेठ ११ गते छलफल हुने Read Previous

नीति तथा कार्यक्रम माथि जेठ ११ गते छलफल हुने

नेप्से परिसूचक २१०० अंक माथि उक्लियो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Next

नेप्से परिसूचक २१०० अंक माथि उक्लियो, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट