मानसरोवर यात्रा सुरू, रसुवागढी नाकामा बढ्यो चहलपहल

तिब्बतस्थित प्रसिद्ध धार्मिक तिर्थस्थल कैलाश पर्वत।

रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । भगवान महादेवको बासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौँबाट त्रिशुली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरुका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौराले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरु मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिए । उक्त नाकाबाट मानसरोवर साढे ९ सय किलोमिटर टाढा छ ।

नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौँबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौराको भनाइ छ ।

उनका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरु पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा, १४६४ योजना कार्यान्वयनमा  Read Previous

गण्डकीमा पूर्वाधार निर्माण तीव्र गतिमा, १४६४ योजना कार्यान्वयनमा 

प्रधानमन्त्री दाहालले आज चौथोपटक विश्वासको मत लिँदै Read Next

प्रधानमन्त्री दाहालले आज चौथोपटक विश्वासको मत लिँदै