सेयर बजारमा उच्च अंकको वृद्धि, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षामार्फत सेयर कर्जामा लचकता नपनाए पनि अन्य क्षेत्रमा कर्जा लगानीमा सहजीकरण गरेपछि नेप्सेमा उत्साह देखिएको हो ।

आइतबार नेप्से परिसूचक ४५.६९ अंकले बढेर २०६४.६९ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकममा पनि उछाल आएको छ । ५ अर्ब २५ करोड रुपैयाँ बढीको १ करोड २२ लाख ४० हजार ८०२ सेयर किनबेच भएको छ । यो ३ महिना यताकै धेरै हो ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । जीवन र निर्जीवन बीमा कम्पनीको सूचक सर्वाधिक ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सीईडीबी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको १४ करोड ८० लाख रुपैयाँ बढीको १ लाख ७८ हजार २२४ कित्ता सेयर किनबेच भएको छ ।

बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आत्मनिर्भर लघुवित्त, सबैको लघुवित्त, सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुत्तिको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

माण्डू हाइड्रोपावरको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले १० प्रतिशत गुमाएका छन् ।

नागढुंगा-नौबिसे सुरुङमार्गको समग्रमा ७४ प्रतिशत काम सकियो Read Previous

नागढुंगा-नौबिसे सुरुङमार्गको समग्रमा ७४ प्रतिशत काम सकियो

तीन पटक म्याद थप्दा पनि सेती पुलको प्रगति २५ प्रतिशत मात्रै Read Next

तीन पटक म्याद थप्दा पनि सेती पुलको प्रगति २५ प्रतिशत मात्रै