सवारी कर्जाको जोखिमभार १०० प्रतिशतमा झर्‍यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले हायर पर्चेज कर्जाको जोखिम भार घटाएको छ ।

शुक्रबार चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै सवारी कर्जाको जोखिम भार १०० प्रतिशतमा झारेको हो ।

यसअघि यस्तो कर्जाको जोखिम भार १२५ प्रतिशत थियो । ‘बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरिनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

व्यवसायीले लामो समयदेखि सवारीक कर्जाको जोखिम भार घटाउन माग गर्दै आएको छ । जोखिमभार घटेसँगै बैंक तथा वित्तीय संस्थालाई कर्जा प्रवाह गर्न केही सहज भएको छ ।

लघुवित्तको नाफा १९ गुणासम्म बढ्यो, यी हुन् दोब्बर बढीले नाफा बढाउने १४ लघुवित्त Read Previous

लघुवित्तको नाफा १९ गुणासम्म बढ्यो, यी हुन् दोब्बर बढीले नाफा बढाउने १४ लघुवित्त

घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको लचकता, यस्ता छन् ७ मुख्य नयाँ व्यवस्था Read Next

घरजग्गा र सवारी कर्जामा राष्ट्र बैंकको लचकता, यस्ता छन् ७ मुख्य नयाँ व्यवस्था