भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने

जलेश्वर । भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि बन्द रहने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नीरञ्जनकुमार झाले आज एक विज्ञप्त जारी गर्दै यही जेठ ५ गते शनिबारदेखि जेठ ७ गते सोमलबारसम्म रेलसेवा पूर्ण रुपमा बन्द रहने जानकारी दिएका हुन् ।

उनले विज्ञप्तिमा भारतको बिहार राज्यको मधुबनी जिल्लाको मधुबनी संसदीय क्षेत्रमा यही जेठ ७ मा लोकसभाको निर्वाचन हुने भएकोले शनिबारदेखि सोमबारसम्म ७२ घण्टाका लागि नेपाल रेल्वे सेवा पूर्ण रुपमा बन्द गरिने बताए।

रेल्वे सेवा जेठ ८ गतेदेखि  नियमित रुपमा सञ्चालन हुने कम्पनीले जनाएको छ ।

लाभांश प्रयोजनका लागि आइएमई लाइफले तोक्यो बुकक्लोज Read Previous

लाभांश प्रयोजनका लागि आइएमई लाइफले तोक्यो बुकक्लोज

अब रारा जाने पर्यटकले कपडाको झोला बोक्नुपर्ने, प्लास्टिकजन्य वस्तु छोडे जरिवाना तिर्नुपर्ने Read Next

अब रारा जाने पर्यटकले कपडाको झोला बोक्नुपर्ने, प्लास्टिकजन्य वस्तु छोडे जरिवाना तिर्नुपर्ने