लाभांश प्रयोजनका लागि आइएमई लाइफले तोक्यो बुकक्लोज

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट घोषणा गरेको लाभांश पारित गर्न साधरण सभा बोलाएको छ ।

कम्पनीले जेठ २८ गते वार्षिक साधरण सभा बोलाएको हो । कम्पनीको सभा आम्रपाली ब्यांकेट क्याटरिङ एन्ड इभेन्ट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले सभामा गत वर्षको नाफाबाट घोषणा गरेको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ १.३१ प्रतिशत गरी कुल २६.३१ प्रतितश लाभांश पारित गर्ने प्रस्ताव मुख्य एजेन्डाको रुपमा लैजाने भएको छ । प्रस्तावित लाभांश सो सभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।

त्यस्तै, कम्पनीले सभामा गत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, नाफा-नोक्सान हिसाब पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने, निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा लैजाने छ ।

कम्पनीले साधरण सभा तथा लाभांश प्रयोजनका लागि जेठ १४ गते बुकक्लोज मिति तोकेको छ । सो अनुसार जेठ १३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउने छन् ।

निगमको सेवालाई थप चुस्त बनाउन निर्देशन Read Previous

निगमको सेवालाई थप चुस्त बनाउन निर्देशन

भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने Read Next

भङ्गहा-जनकपुर-जयनगर रेल्वे सेवा तीन दिन बन्द हुने