फिनल्याण्डले दिने झन्डै २ अर्ब अनुदान लिने सरकारको निर्णय

काठमाडौं । सरकारले फिनल्याण्ड सरकारबाट प्राप्त हुने करिब १३ मिलियन यूरो (करिब १ अर्ब ८७ करोड रुपैयाँ) अनुदान सहायता स्वीकार गर्ने निर्णयसमेत गरेको छ ।

बिहीबर सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले जलवायु पविर्तन अनुकुलन कार्यक्रम कार्यान्वयन गर्न फिनल्याण्ड सरकाले दिने उक्त अनुदान लिन निर्णय गरेको हो ।

यस्तै, बैठकले न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षमा पत्रकार सङ्गीता खड्कालाई नियुक्त गरेको छ । सरकारले श्रमजीवी पत्रकारसम्बन्धी ऐन, २०५१ र नियमावली २०५३ को व्यवस्थाबमोजिम श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको पारिश्रमिक निर्धारण, परिश्रमिकमा पुनरावलोकन, पदको तहगत वर्गीकरणलगायत कार्यका साथै सञ्चार प्रतिष्ठानको अनुगमनको निम्ति २०६४ सालमा समितिको गठन गरेको थियो ।

यसैगरी, बैठकले नीति अनुसन्धान प्रतिष्ठान विकास समितिको कार्यकारी अध्यक्षमा प्राडा लेखनाथ शर्मालाई नियुक्त गरेको छ ।

बैठकले नेपाल प्रशासनिक सेवा, समूहीकरणअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा लोकनाथ पौडेल र नेपाल कृषि वन सेवा, समूहीकरणअन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा राजेन्द्रप्रसाद मिश्रलाई बढुवा गर्ने निर्णय गरेको छ ।

लघुवित्तको सेयरमा उच्च आकर्षण, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट Read Previous

लघुवित्तको सेयरमा उच्च आकर्षण, यी कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनमा हुने Read Next

अन्तर्राष्ट्रिय पोल्ट्री प्रदर्शनी चितवनमा हुने