नबिल बैंकका सीईओ ढुंगानाको कार्यकाल २ वर्ष थप

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।

जेठ २ गते बसेको बैंक संचालक समितिको बैठकले सीईओ ढुंगानाको कार्यकाल २ वर्ष थप्ने निर्णय गरेको हो ।

थपिएको कार्यकाल आगामी असार १७ गतेदेखि लागू हुने बैंकले जनाएको छ । ढुंगानाले पहिलोपटक २०७९ असार १७ गतेदेखि नबिलको नेतृत्व सम्हालेका थिए ।

ढुंगानासँग बैंकिङ क्षेत्रमा ३ दशक लामो काम गरेको अनुभन छ । उनी नबिलको सीईओ हुनअघि साविकको नेपाल बंगलादेश बैंक १ दशक व्यवस्थापकीय नेतृत्व गरेका थिए। त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकमा महाप्रबन्धक भएर समेत काम गरेका थिए ।

आर्थिक प्रतिबन्ध खेपिरहेको रुसलाई चीनको साथ, दुई देशको व्यापार ६४% बढ्यो Read Previous

आर्थिक प्रतिबन्ध खेपिरहेको रुसलाई चीनको साथ, दुई देशको व्यापार ६४% बढ्यो

अटो व्यवसायी पेशाबाट पलायन हुने अवस्था आयो : अध्यक्ष चौधरी Read Next

अटो व्यवसायी पेशाबाट पलायन हुने अवस्था आयो : अध्यक्ष चौधरी