सानिमा माइ हाइड्रोपावरको लाभांश घोषणा

काठमाडौं। सानिमा माइ हाइड्रोपावर कम्पनीले सेयरधनीलाई १०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ।

 

कम्पनीको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षसम्मको वितरण योग्य मुनाफाबाट १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

 

सो लाभांश पारित गर्न हाइड्रोपावरले पुस २७ गते आठौँ वार्षिक साधारण सभा बोलाएको छ ।साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले पुस ७ गते बुकक्लोज मिति तोकेको छ । तसर्थ कम्पनीको लाभांश पाउन पुस ६ गतेसम्म सेयरधनी कायम भइसक्नु पर्ने हुन्छ ।

अझै ३६८ स्थानीय तहमा सडक पुग्न बाँकी Read Previous

अझै ३६८ स्थानीय तहमा सडक पुग्न बाँकी

गभर्नर साव ! हरेक स्थानीय तहमा वाणिज्य बैंक पुगेपछि विकास बैंकको औचित्य के Read Next

गभर्नर साव ! हरेक स्थानीय तहमा वाणिज्य बैंक पुगेपछि विकास बैंकको औचित्य के