नेप्सेमा दोहोरो अंकको वृद्धि, यी ५ कम्पनीको मूल्यमा पोजेटिभ सर्किट

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार खुलेदेखि उकालो लागेको नेप्से अन्त्यमा २४ अंकले बढेर बन्द भएको हो ।

सोमबार नेप्से परिसूचक २४.३९ अंकले बढेर १९९८.८९ विन्दुमा पुगेको छ । सूचकसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २५ करोडले बढेर ३ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।

आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता सेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ८ समूहको परिसूचक बढेको छ भने ५ समूहको घटेको छ । आज लगानीकर्ता बैंकको सेयरमा आकर्षित भएका छन् । यस समूहको परिसूचक सर्वाधिक ३.२१ प्रतिशतले बढेको छ ।

आज नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको ३० करोड ८० लाख रुपैयाँ बढीको ११ लाख कित्ता सेयर किनबेच भएको छ ।

आज १४८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८५ कम्पनीको घटेको छ । बढ्दो बजारमा ५ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

नारायणी विकास बैंक, समाज लघुवित्त र माण्डु हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । त्यस्तै, श्रृजनशील लघुवित्त र हिमालयन ऊर्जा विकास कम्पनीका सेयरधनीले पनि करिब १० प्रतिशत कमाएका छन् ।

निर्जीवन बीमा कम्पनीको नाफा ५५% बढ्यो, शिखरलाई ८ वटाले उछिने, कुनले कति कमाए ? Read Previous

निर्जीवन बीमा कम्पनीको नाफा ५५% बढ्यो, शिखरलाई ८ वटाले उछिने, कुनले कति कमाए ?

५५ बैंक खाता खोली २ अर्ब बढीको बेटिङ र क्रिप्टो कारोबार गर्ने व्यक्ति पक्राउ Read Next

५५ बैंक खाता खोली २ अर्ब बढीको बेटिङ र क्रिप्टो कारोबार गर्ने व्यक्ति पक्राउ