बिक्री बढे पनि शिवम् सिमेन्टको नाफामा उच्च गिरावट

काठमाडौं । शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रोे त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ६१.९४ प्रतिशतले घटेको छ ।

कम्पनीले चालु आवको चैत मसान्तसम्म २० करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा ३३ करोड रुपैयाँ कम हो । कम्पनीले गत वर्ष चैतसम्म ५३ करोड ६७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा शिवम्को बिक्री आम्दानी बढे पनि अन्य आम्दानी घट्दा र लागत बढ्दा नाफामा उच्च गिरावट आएको हो ।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ९.८९ प्रतिशतले बढेर ५ अर्ब ९९ करोड रुपैयाँ पुगेका छ । गत वर्ष सोही अवधिमा कम्पनीको यस्तो आम्दानी ५ अर्ब ४५ करोड रुपैयाँ थियो।

कम्पनीको अन्य आम्दानी भने ४९.०१ प्रतिशतले घटेर १७ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ । समीक्षा अवधिमा कम्पनीको बिक्री लागत १७.४१ प्रतिशतले बढेर ५ अर्ब २३ करोड रुपैयाँ पुगेको छ ।

हाल ५ अर्ब २ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको सेयर प्रिमियममा ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ४७ करोड संचिति छ ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा पनि गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ५.४२ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १८८.१९ रुपैयाँ छ ।

पूर्व-पश्चिम रेलमार्ग : सर्लाही खण्डमा निर्माण ९० प्रतिशत सकियो Read Previous

पूर्व-पश्चिम रेलमार्ग : सर्लाही खण्डमा निर्माण ९० प्रतिशत सकियो

नेपाल लाइफको नाफा ६० करोड, प्रतिसेयर आम्दानी कति ? Read Next

नेपाल लाइफको नाफा ६० करोड, प्रतिसेयर आम्दानी कति ?