नेपाल टेलिकमले पायो ५ वर्षलाई नयाँ लाइसेन्स

काठमाडौं । नेपाल टेलिकमको ५ वर्षको लागि नयाँ लाइसेन्स पाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको शुक्रबार बसेको संचालक समितिको बैठकले टेलिकमको जीएसएम सेलुलर मोबाइल सेवाको लाइसेन्स ५ वर्षका लागि नवीकरण गर्ने निर्णय गरेको हो ।

प्राधिकरणले २१ करोड रुपैयाँ दस्तुरसहित टेलिकमलाई ५ वर्षका लागि नयाँ लाइसेन्स दिएको हो । बिहीबार मात्रै टेलिकमले लाइसेन्स नवीकरणका लागि २० अर्ब रुपैयाँ बक्यौता भुक्तानी गरेको थियो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले टेलिकमलाई नयाँ लाइसेन्स दिन प्राधिकरणलाई निर्देशन दिएको थियो । दूरसञ्चार सेवालाई नियमित गर्ने प्रयोजनका लागि दूरसञ्चार ऐन, २०५३ को दफा २० को अधिकार प्रयोग गरी नेपाल टेलिकमलाई सोही ऐनको दफा ३३ (४) बमोजिम पुनः अनुमतिपत्र जारी गर्न मन्त्रीपरिषद्ले प्राधिकरणलाई निर्देशन दिएको थियो ।

नेपाल टेलिकमले २०५६ वैशाख २९ गते २५ वर्षे जीएसएम सेलुलर मोबाइल सेवाको अनुमतिपत्र लिएको थियो । त्यसको म्याद आज सकिँदै छ ।

जङ्गलभित्रको सडकमा प्रतिघण्टा ४० किमीभन्दा स्पीडमा गाडी चलाउन नपाइने, ओभरटेक निषेध Read Previous

जङ्गलभित्रको सडकमा प्रतिघण्टा ४० किमीभन्दा स्पीडमा गाडी चलाउन नपाइने, ओभरटेक निषेध

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा Read Next

रारामा रिसोर्ट बन्ने भएपछि कर्णालीको पर्यटनमा विकासको अपेक्षा