एकैपटक २७ ठेकेदारलाई कालोसूचीमा राखिँदै, सोधियो ७ दिने स्पष्टीकरण

काठमाडौं । सरकारले एकैपटक २९ निर्माण तथा आपूर्ति कम्पनीलाई कालोसूचीमा राख्ने भएको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले २७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको हो ।

देशभरका विभिन्न सार्वजनिक निकायहरुको सिफारिसमा ती कम्पनीलाई कालोसूचीमा राख्न लागेको हो ।

कार्यालयले ती कम्पनीहरुलाई कालोसूचीमा राख्नु नपर्ने कारण भए ७ दिनभित्र स्पष्टीकरण पेश गर्न अल्टिमेटम दिएको छ । आग्रह गरेको छ ।

कार्यालयले यसअघि ३० दिन भित्र स्ष्पटीकरण पेश गर्न भने पनि कुनै कम्पनीले नबुझाएपछि फेरि ७ दिनको म्याद दिएको हो ।

यो अवधिमा पनि स्पष्टीकरण पेस नगरे यसै सूचनालाई आधार मानेर कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने कार्यालयले जनाएको छ ।

नबिल बैंकले ३ अर्बको डिबेन्चर बिक्री गर्ने, बिक्री प्रबन्धक नियुक्त Read Previous

नबिल बैंकले ३ अर्बको डिबेन्चर बिक्री गर्ने, बिक्री प्रबन्धक नियुक्त

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी Read Next

बालमन्दिर जग्गा हिनामिना प्रकरणमा २० जना विरुद्ध पक्राउ पुर्जी जारी