मेची भन्सारद्वारा ११.३२ अर्ब बढी राजश्व संकलन

भद्रपुर । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ ।

भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०/८१ को चैत मसान्तसम्ममा रु ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँदा रु १८ अर्ब ५९ करोड १ लाख ७२ हजार बराबरको मालसमान निर्यात भएको जानकारी दिए।

उनले अघिल्लो आव २०७९/८० को सोही अवधिको तुलनामा आयात ८.४५ प्रतिशतले क्रणात्मक हुँदा निर्यात भने १५.९६ प्रतिशतले बढेको बताए ।

काकरभिट्टा नाकाबाट आयात हुने मुख्य वस्तुहरुमा पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, एलपी ग्यास, तरकारीहरु, जिप्सम, कपडा, फलफूल (जुस समेत)लगायत छन् ।

यस्तै, निर्यात हुने मुख्य वस्तुहरूमा अलैची, फलामको पाता, प्लाइउड, चिया, कुकुर वा विरालोको खाना, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायतका रहेका भन्सार कार्यालय काकरभिट्टाले जनाएको छ ।

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने Read Previous

दक्षिण कोरियाले नेपाललाई गर्दै आएको सहयोगमा वृद्धि गर्ने

सरकारी खर्चको प्रभावकारिता बढाउन ५ वर्षे कार्ययोजना कार्यान्वयनमा ल्याइयो Read Next

सरकारी खर्चको प्रभावकारिता बढाउन ५ वर्षे कार्ययोजना कार्यान्वयनमा ल्याइयो