लक्ष्मी सनराइज बैंकका काठमाडौंका दुई शाखा स्थानान्तरण

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं उपत्यका भित्रका २ वटा शाखाहरू स्थानान्तरण गरेको छ ।

बैंकले काठमाडौं महानगरपालिकाको-१७, खुसिबु अवस्थित २ शाखामध्ये १ शाखा अब काठमाडौंको नागार्जुन नगरपालिका–१६ खरिबोट, बनस्थलीमा स्थानान्तरण गरेको छ ।

त्यसैगरी, कामपा २६  गोंगबुस्थित शाखा सोही नगरपालिकाको नयाँ बसपार्क नजिकै ल्होत्से मलमा स्थानान्तरण भएको छ ।

स्थानान्तरण गरिएका साविकका खुसिबु र गोंगबु शाखाका ग्राहकहरुले सोही क्षेत्रमा रहेको अर्को शाखामार्फत सेवा लिन सक्नेछन् ।

स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहरुमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज अनि व्यापक बनाउने विश्वास राखेको छ ।

हाल लक्ष्मी सनराइज बैंकको सञ्जालमा ५९ जिल्लामा २५८ शाखा, ३२१ एटीएम, २८ एक्स्टेन्सन काउन्टर र १३१ शाखारहित बैंकिङ्ग एजेन्ट रहेका छन् ।

एकैपटक ३०० बढी कर्मचारीले बिदा लिएपछि एयर इन्डिया एक्सप्रेसका ८० बढी उडान रद्द Read Previous

एकैपटक ३०० बढी कर्मचारीले बिदा लिएपछि एयर इन्डिया एक्सप्रेसका ८० बढी उडान रद्द

अब सानिमा बैंकको क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने Read Next

अब सानिमा बैंकको क्यूआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सकिने