रिपब्लिक मिडिया ५२ लाख घाटामा, रिटेन्ड अर्निङ साढे ५१ करोड ऋणात्मक

काठमाडौं । नेपाल रिपब्लिक मिडिया नोक्सानीमा गएको छ । मंगलबार सार्वजनिक भएको चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनी ५२ लाख २६ हजार रुपैयाँ नोक्सानीमा गएको हो ।

जबकि अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ३ करोड ९३ लाख ८ हजार रुपैयाँ नाफामा थियो । कम्पनीको कुल आम्दानी र संचालन नाफा दुवै घट्दा नोक्सानीमा गएको हो ।

समीक्षा अवधिमा कम्पनीका आम्दानी १४.७३ प्रतिशतले घटेर १३ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ । गत वर्ष सोही अवधिमा कम्पनीको आम्दानी १५ करोड ९१ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनीको प्रशासन खर्च ३ करोड ५८ लाखबाट बढेर ४ करोड २४ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बिक्री वितरण खर्च भने १ करोड ७९ लाखबाट घटेर १ करोड ८ लाख रुपैयाँमा झरेको छ ।

हाल ९६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ भने ५१ करोड ५० लाख रुपैयाँ ऋणात्मक छ ।

नोक्सानीमा गएसँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ । गत वर्ष ९.८७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी चालु वर्षको सोही अवधिमा ०.७२ रुपैयाँ ऋणात्मक भएको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ ८७.८१ रुपैयाँ छ ।

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय Read Previous

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

पोखरा जाने मुख्य दुई सडक : घाम लाग्दा धूलाम्मे, पानी पर्दा हिलाम्मे Read Next

पोखरा जाने मुख्य दुई सडक : घाम लाग्दा धूलाम्मे, पानी पर्दा हिलाम्मे