सिटिजन लाइफ इन्स्योरेन्सद्धारा फेरि लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले फेरि लाभांश घोषणा गरेको छ ।

इन्स्योरेन्स संचालक समितिको वैशाख २३ गते बसेको बैठकले सेयर प्रिमियममा रहेको रकमबाट सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर र कर तिर्न १.४२ प्रतिशत नगद गरी कुल २८.४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

यस वर्ष इन्स्योरेन्सले लाभांश घोषणा गरेको यो दोस्रो पटक हो । यसअघि गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

धेरै नियम उल्लंघन गर्नेमा वाणिज्य बैंक अगाडि, २२ संस्था कारबाहीमा Read Previous

धेरै नियम उल्लंघन गर्नेमा वाणिज्य बैंक अगाडि, २२ संस्था कारबाहीमा

एडीबीको बैठकमा नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल Read Next

एडीबीको बैठकमा नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल