राजश्व अनुसन्धान विभागको महानिर्देशकमा चक्रबहादुर बुढा, ढुंगानाको सरुवा

काठमाडौं । सरकारले राजश्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी चक्रबहादुर बुढालाई दिएको छ।

यसअघिका महानिर्देशक नवराज ढुंगानालाई सरुवा गर्दै उनको ठाउँमा बुढालाई ल्याइएको हो । बुढा यसअघि पर्यटन विभागका महानिर्देशक थिए।

यसअघिका महानिर्देशक ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सरूवा गरिएको छ । ढुंगाना गत असारमा विभागको महानिर्देशक बनेका थिए ।

कानुन नै नबुझी अमेरिकन कम्पनी कोटिभिटी विरुद्ध करछलीको मुद्दा चलाएको भन्दै ढुंगानाको चौतर्फी आलोचना भएको थियो । सो विषयमा प्रधानमन्त्री र अर्थमन्त्रीले समेत चासो राखेका थिए ।

नेपाल-भारत रेल सेवा ३ दिन बन्द Read Previous

नेपाल-भारत रेल सेवा ३ दिन बन्द

महानगरको 'सीप मेला'मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन Read Next

महानगरको 'सीप मेला'मा उच्च आकर्षण, १० हजार बढीले दिए आवेदन