काठमाडौं । धनुषाको भंगहादेखि जनकपुर हुँदै भारतको जयनगरसम्म संचालन हुँदै आएको रेलसेवा ३ दिनसम्म बन्द गरिएको छ ।
भारतमा लोकसभा चुनावका लागि नेपाल-भारत सीमा सिल हुने भएकाले आजदेखि वैशाख २५ गतेसम्म रेल सेवा बन्द गरिएको हो ।
नेपाल रेल्वे कम्पनीले एक सूचना जारी गर्दै शनिबार रातिदेखि मंगलबार रातिसम्म रेल सेवा बन्द गरिएको जानकारी दिएको हो । बुधबारदेखि भने रेल सेवा नियमित संचालन हुने कम्पनीले जनाएको छ ।